Main News

रनभुल्ल एकीकृत समाजवादी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष १८ गते २१:१५
रनभुल्ल एकीकृत समाजवादी (भिडियो रिपोर्टसहित)

१८ पुस २०७९ काठमाडौं । पत्तै नदिई एमालेसँग घाँटी जोडेर प्रधानमन्त्री बनेपछि प्रचण्डसँग रुष्ट छ, एकीकृत समाजवादी। सरकारमा भित्र्याएर प्रचण्ड उसलाई फकाउने प्रयासमा त छन्। तर, पार्टी फुटाएर पानी बाराबार गरेको एमालेकै अगुवाईमा गठित सरकारमा सहभागि हुन नैतिक संकट छ।

माथिदेखि तलसम्मका नेता–कार्यकर्ता सरकारमा जानुपर्ने पक्षमा छन्। तर, नेतृत्वले आँट गर्न सकेको छैन। किन त ? आउनुहोस् छोटो चर्चा गरौं।

प्रचण्डले सरकारको नेतृत्व गरेपछिको परिस्थिति र पार्टीको भूमिकाबारे एकीकृत समाजवादी छलफलमै छ। भर्चुयल माध्यमबाट प्रदेश, जिल्ला र जसंगठनका नेताको धारणा बुझेपछि पछिल्लो परिस्थितिबारे दुई दिन स्थायी कमिटी बैठकमा पनि छलफल भयो। जहाँ, अध्यक्ष माधव नेपालले प्रचण्डले धोका दिएको र केपी ओलीले चतु¥याँई गरेको विश्लेषण सुनाए। तर, अब के गर्ने भन्ने स्पष्ट पारेनन्। राजनीतिक कोर्स परिवर्तनबारेको छलफल स्थायी कमिटी, पोलिटब्यूरो हुँदै केन्द्रीय समितिसम्म ल्याउने तयारी छ।

एकीकृत समाजवादी प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन मात्र गर्ने कि सहभागि नै हुने भन्ने दुई धार छ। स्थायी कमिटीका दुई तिहाई बढि सदस्यसहित देशभरका बहुसंख्यक नेता–कार्यकर्ता पार्टीको अस्तित्व रक्षाका लागि भएपनि सरकारमा सहभागि हुनुपर्ने पक्षमा छन्। थोरै नेता मात्र बहुमत पुगिसकेको सरकारलाई समर्थन गर्नुको के अर्थरु भन्ने प्रश्न गर्छन्। तर, स्थायी कमिटीले यसबारे मूर्त निर्णय नगरी पार्टी सुदृढिकरणमा लाग्ने निश्कर्ष निकाल्यो।

सरकारमा सहभागि हुने निर्णय गरिहाल्न एकीकृत समाजवादीलाई सजिलो पनि छैन। किनकि, एकातिर प्रधानमन्त्रीबाहेक सरकार गठनको नेतृत्वकर्ता एमालेले ठोश प्रस्ताव गरेको छैन। अर्कातिर, एमाले विभाजन र सरकार ढालेको दोष ज्यूँकात्यूँ राखेर एमालेसँगै गल्र्याम्म अंगालो हाल्ने आँट छैन। त्यसैले उ प्रधानमन्त्रीसहित एमालेले थप फकाए हुन्थ्यो ताकि लाज पनि लजाउने परिस्थिति नआए नआओस् भन्नेमा छ।

प्रचण्डले धोका दिएको भन्दै छटपटिएका अध्यक्ष नेपालविरुद्ध यहि बेला सम्मानित नेता झलनाथ खनालले पनि ‘एक व्यक्ति एक पद’ भन्दै फायर खोलेका छन्। नेपालले एमाले र नेकपामा हुँदा केपी ओलीविरुद्ध उठाएको हतियार खनालले नेपालतिरै सोझ्याएका हुन्। जसले एकीकृत समाजवादीको आन्तरिक समीकरणमा काफी प्रभाव पार्ने संभावना छ।

सत्ता समीकरण बदलिएर प्रचण्ड प्रधानमन्त्री बनेपछि एमाले–समाजवादी सहकार्य हुँदै पार्टी एकता गर्ने सर्तमा माधव नेपाललाई राष्ट्रपति बनाउने चर्चा भयो। राष्ट्रपति हुने लालचामा रहेका खनालका लागि यो चर्चा नमिठो हुने नै भयो। त्यसयता खनाल सात दलीय गठबन्धन अझ विशेषतः एमालेविरुद्ध खनिन थालेका छन्। खनालले राखेको एक व्यक्ति एक पदको प्रस्ताव र गठबन्धनविरुद्ध बढाएको आलोचनाका कारण उसै त रक्षात्मक अवस्थामा रहेका अध्यक्ष नेपाललाई थप निरिह बनाउन सक्छ।

खनालले ‘माग्दै नमागेको समर्थन किन दिनेरु’ भन्ने प्रश्न मात्रै उठाएका छैनन्, ‘सरकारमा प्रगितामी पनि छन्’ भनेर एमालेसँग सुध्रिन लागेको सम्बन्धमा बखेडा झिक्न पनि खोजेका छन्। खनालकै कारण सरकार समर्थन, सहभागिता वा एमालेसँगको थप संवाद अनिर्णिय भएको बताइन्छ। निकट स्रोत भन्छ, एमालेले सुवास नेम्वाङलाई राष्ट्रपति बनाए रिक्त हुने निर्वाचन क्षेत्रमा सात दलको साझा उम्मेदवार बनाएर चुनाव जित्ने ग्यारेन्टी गरिदिए खनाल विना सर्त सरकार सहभागिता हुँदै एमालेसँग एकीकरणसम्म तयार हुने छन्।

सरकारलाई समर्थन वा सहभागिताको विषयमा पार्टीले प्रधानमन्त्रीसँग घुर्की बढाउँदा शीर्ष नेता मूल नेतृत्व समक्ष व्यक्तिगत सौदाबाजी गरिरहेका छन्। पहिला मन्त्री बनिसकेका केही नेता चाहिँ फेरि अबसर आउने आशमा सरकारमा सहभागि हुनैपर्ने अडानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *