राजनीति

नेपाली राजनीतिमा कस्तो रह्यो २०२२ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष १६ गते २०:५८
नेपाली राजनीतिमा कस्तो रह्यो २०२२ ? (भिडियो रिपोर्टसहित)

१६ पुस २०७९ काठमाडौं । वर्ष २०२२ नेपालमा राजनीतिक रुपमा महत्वपूर्ण रह्यो । तीन तहको निर्वाचन सम्पन्न मात्र भएन वर्षको अन्त्यमा राजनीतिक समीकरण नै बदलिन पुग्यो । नेपाली राजनीतिमा असम्भव ठानिएका घटनाहरु यही वर्ष सम्भव बने ।

वर्ष ०२२ मा नेपालमा स्थानीय, प्रदेश र संघ तीनै तिहको निर्वाचन भए । ०७८ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भयो । जुन निर्वाचनमा एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजावादी नयाँ पार्टीका रुपमा सहभागी भयो । स्थानीय तहमा पहिलो पार्टीका रुपमा कांग्रेस स्थापित भयो भने केही स्थानमा स्वतन्त्रहरुले अनपेक्षित जित निकाले । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह, धरान उपमहानगरपालिकामा हर्क साम्पाङ र धनगढी उपमहानगरमा गोपाल हमालको उदय भयो ।

यो वर्ष ठूला र पुराना राजनीतिक दलहरुमाथि नयाँ दलले चुनौती दिए । रवि लामिछानेको स्वतन्त्र पार्टी,रञ्जिता श्रेष्ठ चौधरीको नागरिक उन्मुक्ति पार्टी स्थापनाको केही महिनामै संसदको यात्रा तय गरे । ०७९ असार १७ मा दर्ता भएको सो पार्टीले ७ स्थानमा प्रत्यक्षसहित २० सांसद बनायो । स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने त उपप्रधानसहित गृहमन्त्री नै बनिसक्नु भएको छ ।

नेपालको राजनीतिमा पार्टी स्थापनाको ४ महिनामै यस्तो सफलताको यो रेकर्ड नै हो । देश विखण्डनको नाराबाट उदाएका सिके राउतको जनमत पार्टीले पनि मधेसमा अनपेक्षित सफलता हात पार्यो । राउत मधेसका प्रभावशाली मानिने नेता उपेन्द्र यादवलाई पराजित गर्दै संसदको यात्रा तय गर्दा मधेसमा मात्र जनाधार भएको यो पार्टी पनि राष्ट्रिय पार्टी बन्यो ।

त्यस्तै, हत्या अभियोगमा सजाय काटिरहेका रेशम चौधरीको पार्टीले संघमा ३ स्थानमा जित्यो । पार्टी स्थापनाको एक वर्ष नपुग्दै नागरिक उन्मुक्ति पार्टीलाई प्राप्त सफलता पनि सामान्य होइन । माधव नेपालको एकीकृत समाजवादी पार्टीले १० स्थानमा जितेपछि राष्ट्रिय पार्टी भने बन्न सकेन ।

वर्ष ०२२ केही प्रभावशाली नेताका लागि भने अफापसिद्ध भयो । एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल पराजित भए भने गृहमन्त्री समेत कांग्रेसका बालकृष्ण खाँण र पूर्व गृहमन्त्री कृष्ण सिटौला पनि पराजित भए । वर्षको अन्तिममा नेपालको राजनीतिले नाटकीय मोड लियो । ८९ सिट सहित पहिलो पार्टी बनेको कांग्रेसको सरकार बनाउने प्रयास गठबन्धन बनाउन नसक्दा टुट्यो ।

एमालेको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुभयो । २ वर्षको तिक्त केपी ओली प्रचण्ड सम्बन्ध सहकार्यमा आइपुगको छ । कांग्रेस प्रमुख प्रतिपक्षी बेञ्चमा पुग्दा देउवा बालुवाटारबाट बाहिरिनुभयो । वर्ष ०२२ ले नेपालको राजनीतिमा सत्ता समीकरण मात्र बदलेन पुराना स्थापित दलमाथि चुनौती पनि थपेको छ भने नयाँ दलप्रति जनताको आशा बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्