Main News

पर्यटन व्यवसाय किन फर्केन लयमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष १६ गते १६:५०
पर्यटन व्यवसाय किन फर्केन लयमा (भिडियो रिपोर्टसहित)

१६ पुस २०७९ काठमाडौं । नेपाल पर्यटक बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.o धनन्जय रेग्मीले नेपालको पर्यटन अझै पुरानै लयमा फर्कन नसकेको बताउनुभएको छ ।

बोर्डको २४ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा रेग्मीले कोरोना महामारीले थलिएको पर्यटन जुरमुराउन नसकेको बताउनुभएको हो ।

उहाँले कोरोना महामारी मथ्थर भए पनि पर्यटन व्यवसाय ६० प्रतिशत् मात्रै पुरानै अवस्थामा पुगेको बताउनुभयो ।

सन् २०१९ मा नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रीएको जानकारी गराउँदै उहाँले सरकार र नीजि क्षेत्र मिलेर पुरानै लयमा फर्कन लागि पर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *