Main News

निर्मला र नन्कुन्नीको न्यायको माग गर्दै माइतीघरमा फेरि धर्ना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष १५ गते १८:१५
निर्मला र नन्कुन्नीको न्यायको माग गर्दै माइतीघरमा फेरि धर्ना (भिडियो रिपोर्टसहित)

१५ पुस २०७९ काठमाडौं । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायको माग गर्दै अधिकारकर्मी रुबी खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेको छ ।

उनीहरुले ४ बुँदे मागसहित काठमााडौंको माईतीघरमा धर्ना शुरु गरेका हुन् । निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप जाँच गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्‍याउनु पर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने मागसहित तेस्रो चरणको आन्दोलन शुरु गरेको अधिकारर्मी रुबी खानले बताउनु भयो ।

उहाँले सरकारले पटक–पटक घटनाको सत्यतथ्य छानबिन गर्ने भन्दै प्रतिवद्धता जनाए पनि कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाउनु भयो ।

छिमेकी बादशाह कुर्मीविरुद्ध निर्मला कुर्मीको अपहरण शरीर बन्धक, हत्या गरेको आरोप लागेको छ । नेपाली कांग्रेसका नेता बादशाह कुर्मी बाँके–३ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *