Main News

भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने

हिमालय टिभी
२०७९ पुष १५ गते ९:०५
भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने

१५ पुस २०७९ काठमाडौं । भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास विना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने भएका हुन् ।

मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले एमडीएमएस लागू गरिएको जनाएको छ ।

विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडीएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौ महिनाभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरू अब नचल्ने प्राधिकरणले जनाएको छ ।

नियमानुसार भन्सार घोषणा नभएको मोबाइल फोन सेट आजसम्म दर्ता गर्न प्राधिकरणले यसअघि सूचना जारी गरेर आह्वान गरेको थियो । अब भने दर्ता नगरिने र त्यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

2 thoughts on “भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने

  1. Maile India Bata dai lai vanera mobile magako xu … Uha kei din paxi farkidai hunuhunx …k tyo mobile Nepal ma chaldaina Ra

Leave a Reply

Your email address will not be published. Required fields are marked *