राजनीति

जेलभित्र नागरिक उन्मुक्तिको बैठक (भिडियो रिपोर्टसहित)

२०७९ पुष ११ गते २०:२८
जेलभित्र नागरिक उन्मुक्तिको बैठक (भिडियो रिपोर्टसहित)

११ पुस २०७९ काठमाडौं । हत्या आरोपमा कैद भुक्तान गर्दै आएका रेशम चौधरीको सहभागितामा डिल्ली बजार कारागारमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो बैठक राखेको छ ।

आज बिहान डिल्लीबजारस्थित कारागारमा सम्पन्न दलको बैठकले सरकारमा सामेल हुन चौधरीको रिहाइलाई अनिवार्य शर्त बनाएको छ ।

डिल्लीबजारस्थित कारागारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी कैद भुक्तान गर्दैछन् । २०७२ साल भदौ ७ मा कैलालीको टीकापुरमा एसएसपीसहित ६ सुरक्षाकर्मी र २ वर्षीय बालक मारिएका थिए ।

यही घटनाको मुख्य योजनाकार मानिएका चौधरी जिल्ला अदालत, कैलाली र हालको उच्च अदालत दिपायलको फैसलापछि कैद भुक्तान गर्दै छन । नागरिक उन्मुक्ति पार्टीले चौधरीको रिहाइको माग राख्दै आएको छ ।

वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको यो पार्टीले चौधरीको रिहाइको माग गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डसहित मन्त्रीहरुको शपथकै दिन यो पार्टीको बैठक यही कारागारमा बस्यो ।

४ जना प्रतिनिधिसभा सांसद ११ जना प्रदेशसभा सांसद रहेको नागरिक उन्मुक्ति पार्टीका सबैजसो सांसद र पालिकाका नेतृत्वसम्म उपस्थित थिए । बिहान ८ बजेदेखि एक घण्टा यही कारागारमा रेशम चौधरीलाई साक्षी राखेर नागरिक उन्मुक्ति पार्टीले बैठक राखेको सांसद तथा चौधरीका बाबु लालवीरले पुष्टि गर्नुभयो ।

फिल्मी शैलीमा कारागारभित्रै राखिएको नागरिक उन्मुक्ति पार्टीको बैठकले शर्तसहित प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्दै आफ्नो शर्त पूरा भएकै दिन सरकारमा सामेल हुने निश्कर्ष निकालेको छ ।

रेशम चौधरीलगायतकाको रिहाइ, झुटामुद्दा खारेज तथा टीकापुर घटनापछि गिरिशचन्द्रलाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने प्रमुख तीन माग राख्दै आएको छ ।

के कारागारमा कुनै पनि दलले बैठक राख्न पाउँछ रु अदालतले दोषी ठहर गरेका व्यक्तिलाई साक्षी राखेरै कारागारमा कसले बैठक राख्ने अनुमति दियो रु यस्ता प्रश्नहरु गृह प्रशासनतर्फ सोझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्