Main News
माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने
२०७९ पुष ११ गते १२:४१
११ पुस २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।
श्रेष्ठ राष्ट्रिय सभा सदस्य हुनुहुन्छ । श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने टुंगो लाग्न बाँकी छ ।
माओवादीबाट मन्त्री हुने अन्यको नाम टुंगो लाग्न बाँकी छ ।
प्रतिक्रिया