Main News

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज

हिमालय टिभी
२०७९ पुष ११ गते ७:१०
नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज

११ पुस २०७९ काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार हिजो नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह आजका लागि तय भएको छ ।

नेकपा (माओवादी केन्द्र(का अध्यक्षसमेत रहनुभएका नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ । आज नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनसक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *