मधेसी भाषाका विषयमा आयोगले सोध्यो संसद सचिवालयसँग स्पष्टीकरण
८ पुस २०७९ काठमाडौं । केही प्रतिनिधिसभा सदस्यलाई मधेसी भाषामा शपथ लिनदिएकोबारे मधेसी आयोगले संघीय संसद सचिवालयसँग जानकारी मागेको छ ।
आयोगले संसद सचिवालयलाई पत्र पठाएर जनमत पार्टीका सांसद सीके राउतसहित केही सांसदले मधेसी भाषामा शपथ लिएकोबारे प्रश्न सोधेको हो ।
मधेसी आयोग तथा भाषा आयोगले समेत मधेसी भाषालाई सूचीकृत नगरेको भन्दै त्यसबारे जानकारी गराउन पत्रमा भनिएको छ । पत्रमा यो भाषामा प्रतिनिधि सभाका सदस्यले नै औपचारिक कार्यक्रममा शपथ लिनु गम्भीरताको विषय रहेको साथै नेपालमा विद्यमान रहेका सूचीकृत अन्य भाषामा नकारात्मक प्रभाव परेको उल्लेख छ ।
मधेसी समूदायमा बोलिने मैथली, भोजपुरी र अवधि भाषा मातृभाषाका रुपमा सूचीकृत छ । तर, मधेसी भाषा कुनै पनि समुदायमा बोलिँदैन । यो भाषा कुनै पनि मुलुकमा अस्तित्वमा छैन ।
हिजो जनमत पार्टीका राउतसँगै बिनिता कुमारी सिंह र अनिता देवीले मधेसी भाषामा शपथ लिन संसद सचिवालयलमा नाम दर्ता गराउनुभएको थियो ।
प्रतिक्रिया