राजनीति

कांग्रेसमा देउवा थप शक्तिशाली (भिडियो रिपोर्टसहित)

२०७९ पुष ६ गते २०:३४
कांग्रेसमा देउवा थप शक्तिशाली (भिडियो रिपोर्टसहित)

६ पुस २०७९ काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा थप शक्तिशाली बन्नुभएको छ ।

देउवाका लागि कठिन हुने ठानिएको संसदीय दलको नेताको प्रतिस्पधामा दुई तिहाइ बढीको समर्थनसहित सहज जित निकाल्दै देउवाले पुन एकपटक पार्टीभित्र आफू शक्तिशाली रहेको पुष्टि गर्नुभएको छ ।

संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले बुधबार निर्वाचन प्रक्रियाबाट आफ्नो संसदीय दलको नेता चयन गरेको छ । संसदीय दलको नेता छान्न भएको निर्वाचनमा परिणाम भने उम्मेदवारहरुको अपेक्षाभन्दा भिन्न आएको छ । चुनाव जित्नेमा ढुक्क देखिएका देउवा मतान्तर कम हुनेमा चिन्तित हुनुहुन्थ्यो भने महामन्त्री थापा निर्वाचन प्रतिस्पर्धात्मक हुनेमा ढुक्क हुनुहुन्थ्यो । तर, बुधबार सम्पन्न निर्वाचन परिणामले देउवाले अपेक्षा गरेभन्दा बढी मतले जित निकाल्दा थापा अपेक्षित नआउँदा निराश देखिनुभयो ।

देउवाले ६४ मत ल्याउँदा थापाले २५ मत मात्र पाउनुभयो । थापााले आफ्नै समूहका भनिने सांसदको समेत मत पाउनु भएन । शेखर कोइराला र गगन थापा समुहले ३२ सांसद आफ्नो पक्षमा रहेको हिसाव निकालेको थियो । तर, त्यो हिसाव मतदानको प्रक्रिया पूरा हुँदासम्म विग्रिसकेको थियो । संसदीय दलमा जित निकालेपछि उत्साही देखिएका देउवाले पार्टीलाई व्यवधानमुक्त राख्ने बताउनुभयो ।

दलको नेताका आकांक्षी कोइराला प्रस्तावक र फरक समूहमा रहेका महामन्त्री विश्वप्रकाश शर्मा र सांसद प्रदीप पौडेल थापाको समर्थक बन्नु भएको थियो । शर्मा र पौडेलको साथपछि थापा आफ्नो पक्षमा ३७ मत आउनेमा ढुक्क हुनु भएको थियो । तर, थापाले आफ्नै समूहको मत जोगाउन सक्नु भएन । जुन थापा स्वयंलाई अनपेक्षित लागेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र शशांक कोइरालाको समर्थन जुटाएका देउवा शेखर गगन समूहकै मत तान्न पनि सफल बन्नुभयो । पार्टीको संसदीय दलको नेता जित्दै कांग्रेसभित्र थप शक्तिशाली बनेका देउवाका लागि अब प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

कांग्रेस नेतृत्वमै नयाँ सरकार बनाउने र सत्तागठबनन्धन जोगाइराख्नु देउवाका लागि चुनौतीपूर्ण ठानिएको छ । संसदीय दलमा इतर समूहको चुनौती सहजै सामना गरेका देउवा नयाँ सरकार बनाउने परिक्षामा कत्तिको खरो उत्रिनुहोला रु चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्