राष्ट्रपतिबाट प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबरालाई शपथ
६ पुस २०७९ काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउनु भएको हो । प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालबाट शपथ लिनुपर्ने प्रावधान अनुसार जबराले शपथ लिनुभएको हो ।
नागरिकताको प्रमाणपत्र अनुसार,राणाको जन्ममिति वि।सं। १९९८ मंसिर २४ गते रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुबै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ।
सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ खुवाउनुपर्छ। जबराले भोलि दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यहरुलाई शपथ गराउने कार्यक्रम छ ।
प्रतिक्रिया