Main News

कांग्रेस संसदीय दलको नेतामा सभापति र महामन्त्रीबीच प्रतिस्पर्धा

२०७९ पुष ५ गते १४:०१
कांग्रेस संसदीय दलको नेतामा सभापति र महामन्त्रीबीच प्रतिस्पर्धा

५ पुस २०७९ काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुनेभएको छ ।

दलको नेताका लागि उम्मेदवारी दिने भनी यसअघि सार्वजनिक धारणा राख्दै आउनुभएका कांग्रेस महामन्त्री थापाले उम्मेदवारी दिनुहुने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।

कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *