Main News

राप्रपा अध्यक्ष लिङदेनले भने–सरकारमा जान हतार छैन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष ४ गते १७:२४
राप्रपा अध्यक्ष लिङदेनले भने–सरकारमा जान हतार छैन (भिडियो रिपोर्टसहित)

४ पुस २०७९ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताउनुभएको छ ।

पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदलाई स्वागत तथा बधाई कार्यक्रममा अध्यक्ष लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताउनुभएको हो ।

उहाँले आफूहरुले सरकारमा नजाने भनेर कसम नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् त्यसै गर्ने बताउनु भयो ।

अध्यक्ष लिङ्देनले आगामी दिनमा सतर्कतापूर्वक अगाडी बढ्दै पार्टीलाई पहिलो बनाउने बताउनुभयो । उहाँले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मत परिणाम बाट आफू सन्तुष्ट नभएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको बताउनुभयो । उहाँले देशलाई अहिलेकै ढंगमा चलाएर अगाडी बढाउन नसकिने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *