Main News
देशलाई अस्थिरताको भूमरीमा फसाउन प्रादेशिक संरचनाको विरोध (भिडियो रिपोर्टसहित)
२०७९ पुष ४ गते १७:११

४ पुस २०७९ काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई अस्थिरताको भूमरीमा फसाउन प्रादेशिक संरचनाको विरोध हुने गरेको बताउनुभएको छ ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा महासचिव पोखरेलले प्रादेशिक संरचनाको विरोध गर्नु देशलाई अस्थिरताको भूमरीमा फसाउने प्रयोगशाला बनाउने खेती भएको बताउनुभएको हो ।
उहाँले कहीँ पनि प्रदेशबिनाको शासन नभएको भन्दै संघीयतामा झनै प्रदेश आवश्यक रहेको बताउनुभयो ।
महासचिव पोखरेलले नेपालको प्रशासनिक संयन्त्र संघीयता कार्यान्वयन गर्ने सवालमा मानसिक रुपमा तयार नभएका कारण समस्या पैदा भएको बताउनुभयो ।
प्रतिक्रिया