Main News

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

हिमालय टिभी
२०७९ पुष ३ गते ९:०८
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

३ पुस २०७९ काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनको लागि तयारी शुरु गरेको छ ।

यसका लागि काँग्रेसले आज कार्यसम्पादन समितिको बैठक बोलाएको छ । संसदीय दलको विधानको व्यवस्थाअनुसार केन्द्रीय समितिले संसदीय दलको नेताको निर्वाचनका लागि निर्वाचन समिति बनाउने व्यवस्था काँग्रेसमा छ ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठकले निर्वाचन समिति गठन गर्ने र निर्वाचनको मिति तय गर्ने नेताहरुले बताएका छन् । कांग्रेसले आउँदो बुधबारसम्ममा संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने तयारी गरेको छ ।

दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवासहित महामन्त्री गगनकुमार थापा लगायतले दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *