Main News
रामेछापमा जिप दुर्घटना हुँदा ११ घाइते, तीन जनाको अवस्था गम्भीर
२०७९ पुष २ गते २०:१९

२ पुस २०७९ रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका-७ भुजीमा आज अपराह्न बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।
लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँबाट उमाकुण्ड-७ भुजीतर्फ जाँदै गरेको बा११च ७५९२ नंको उक्त बलेरो एकराते पहरो भन्ने ठाउँमा दुर्घटनामा परेको उहाँले बताउनुभयो ।
जिप कच्ची सडकमा अनियन्त्रित भई करिब ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घाइतेमध्ये गम्भीर बिरामीलाई आजै हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौँ लगिएको छ । अन्य घाइतेको भने स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।
प्रतिक्रिया