Main News

आज तीन वटा प्रदेशमा हल्का वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ पुष २ गते ८:४७
आज तीन वटा प्रदेशमा हल्का वर्षाको सम्भावना

२ पुस २०७९ काठमाडौं । आज तीन वटा प्रदेशमा हल्का वर्षाको सम्भावना भए पनि अबको केही दिन देशभरको मौसम सामान्यतया सफा नै रहने देखिएको छ ।

पहाडी भूभागमा आंशिक बदली रहेपनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भूभागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेशको उच्च पहाडी भूभागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *