Main News

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

हिमालय टिभी
२०७९ मंसिर २८ गते १६:१७
रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

२८ मंसिर २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता युवराज सफलले दायर गरेको रिट संवैधानिक इजलासले हेर्नेछ । रिटमा लामिछानेको सांसद पद र पार्टी सभापति पदसमेत खारेजको माग गरिएको छ ।

त्यस्तै, लामिछानेको नागरिकताबारे काठमाडौं प्रहरी परिसरले अनुसन्धान जारी राखेको छ । गत मंसिर ६ गते उहाँको नागरिकतामा प्रश्न उठाउँदै गृहमन्त्रालयले उजुरी परेको थियो । उजुरीपछि मन्त्रालयले काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गर्नुपर्नेभन्दै काठमाडौं प्रहरी परिसरलाई पत्राचार गरेको थियो । लामिछानेले सन् २०१४ मा अमेरिकी नागरिकता लिनुभएको थियो भने फर्किएपछि अमेरिकी नागरिकता त्यागेको प्रमाण नदेखाएको उजुरीमा उल्लेख छ ।

नेपालको कानून अनुसार नागरिकता पुनर्प्राप्तिका लागि प्रक्रियामा जानुपर्ने उल्लेखछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *