जाजरकोट जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो, सबैको सनाखत

२६ मंसिर २०७९ जाजरकोट । जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
कर्णाली प्रदेश २(००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा खस्दा ९ जनाको मृत्यु भएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठका अनुसार मृतक सबैको सनाखत भएको छ ।
मृत्यु हुनेमा छेडागाड–५ का दीपक अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा छन् । यस्तै छेडागाड–४ का नैनसरा अधिकारी, छेडागाड–६ का वीरबहादुर खत्री, अमरबहादुर खड्का, मानबहादुर रावत र वीरेन्द्र कार्कीको मृत्यु भएको छ ।
यस्तै, घाइते हुनेमा छेडेगाड–५ का अमरबहादुर अधिकारी, जैमान अधिकारी र निसा अधिकारी छन् ।
घाइतेको दशेरास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको छ । जीप दैलेखबाट विवाहका लागि जाजरकोट आएको थियो ।
प्रतिक्रिया