Main News
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै
२०७९ मंसिर २३ गते ८:५२
२३ मंसिर २०७९ काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो ।
एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक बोलाइएको बताउनुभयो ।
एमालेले प्रतिनिधि सभाको समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।
प्रतिक्रिया