स्याङ्जा–२ मा मतगणना शुरु, कांग्रेसको शुरुवाती अग्रता

१५ मंसिर २०७९ काठमाडौं । निर्वाचन आयोगले मतगणना शुरु गर्न निर्देशन दिएसँगै स्याङ्जा क्षेत्र नम्बर २ मा रातिबाटै मतगणना शुरु भएको छ ।
हिजो साँझ बसेको सर्वदलीय बैठकपछि राति ११ बजेबाट मतगणना शुरु भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । यो खबर तयार पार्दासम्म कांग्रेसका उम्मेदवार धनराज गुरूङ अगाडि हुनुहुन्छ ।
शुरुआती अग्रता लिनुभएका नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्याल गुरुङभन्दा ११ मतले पछाडि हुनुहुन्छ । प्रदेश सभातर्फ भने एमालेका उम्मेदवार २ हजार ७ सय ९० मतसहित अगाडि रहँदा कांग्रेसका उम्मेदवार २ हजार ३ सय ७८ मतसहित दोस्रो स्थानमा छन् ।
स्याङ्जा २ को चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेसहित अन्य राजनीतिक दलले पुनः मतदानको माग गरेका थिए ।
नेपाली कांग्रेसले भने मतगणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएको थियो ।
प्रतिक्रिया