Main News

नेम्बाङ र खड्काबीच कडा प्रतिस्पर्धामा रहेको इलाम–२ मा रोकियो मतगणना

२०७९ मंसिर १० गते २०:३६
नेम्बाङ र खड्काबीच कडा प्रतिस्पर्धामा रहेको इलाम–२ मा रोकियो मतगणना

१० मंसिर २०७९ इलाम । इलाम–२ मा मतगणना रोकिएको छ ।

इलाम नगरपालिकाका–१ को मतगणना गर्ने क्रममा ४० मत हराएको र ४४ मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै गठबन्धन दलले नाराबाजीसहित विरोध गरेपछि गणना रोकिएको छ ।

यस निर्वाचन क्षेत्रमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

सो अवडाको मत गन्न बाँकी रहँदा नेम्वाङ एक सय ३० मतले अघि हुनुहुन्छ । उहाँ त्यसअघिको वडामा १६ मतले पछि पर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *