Main News

कालीकोटमा माओवादी केन्द्रका शाहीको अग्रता कायमै

२०७९ मंसिर ९ गते ७:५९
कालीकोटमा माओवादी केन्द्रका शाहीको अग्रता कायमै

९ मंसिर २०७९ मान्म । एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको कालीकोटमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महेन्द्रबहादुर शाहीले अग्रता कायमै राख्नुभएको छ ।

शाहीले नेकपा (एमाले) का उम्मेदवार नगेन्द्र शाहीलाई तीन हजार पाँच सय ४७ मतले पछाडी पार्नुभएको छ ।

मुख्य निर्वाचन कार्यालयका अनुसार महेन्द्रबहादुरले १५ हजार ८२ मत प्राप्त गर्नुभएको छ भने एमालेका नगेन्द्रले ११ हजार पाँच सय ३५ मत प्राप्त गर्नुभएको छ । कालीकोटमा ४६ हजार छ सय ६९ मत खसेको थियो । हालसम्म ३१ हजार छ सय ८७ मत गणना सकिएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका धनबहादुर बुढाले एक हजार एक सय ८८, नेमकिपाका खड्गराज शाहीले नौ सय ९३, नेपाली कांग्रेस (विपी) का पङ्खबहादुर विष्टले ४५, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार काशीचन्द्र बरालले पाँच सय २१ र स्वतन्त्र उम्मेदवार धनप्रसाद पाण्डेले ५३ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिनुभयो ।

गणना भएकामध्ये एक हजार तीन सय २३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *