Main News
धादिङ क्षेत्र नं २ मा कांग्रेसका अधिकारी विजयी
२०७९ मंसिर ८ गते १६:२२
८ मंसिर २०७९ धादिङ । धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी ३४ हजार चार सय ८३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार खेम लोहनीले २३ हजार नौ सय ५० मत प्राप्त गर्नुभयो । दुई उम्मेदवारको मतान्तर १० हजार पाँच सय ३३ रहेको छ ।
धादिङ क्षेत्र नं २ मा एक लाख ३३ हजार छ सय ४२ मतदाता रहेकामा ६७ हजार छ सय एक मतदाताले मतदान गरेका थिए ।
प्रतिक्रिया