Main News

बाँके ३ मा कांग्रेसका किशोरसिंह राठौर निर्वाचित

२०७९ मंसिर ८ गते १०:०१
बाँके ३ मा कांग्रेसका किशोरसिंह राठौर निर्वाचित

८ मंसिर २०७९ बाँके । बाँके जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी हुनुभएको छ ।

वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राठौरले २९ हजार ४० मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले बताउनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार दुई सय ४७ मत प्राप्त गर्नुभएको छ । राठौरले चार हजार सात ९३ मतको अन्तरले कक्षपतिलाई पराजित गर्नुभएको हो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्लाले सात हजार चार सय ३९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भण्डारीले बताउनुभयो । उहाँका अनुसार सो क्षेत्रमा कूल ७४ हजार दुई १३ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *