Main News

दैलेख–१ नेकपा (एस) का थापा विजयी

२०७९ मंसिर ८ गते ७:४६
दैलेख–१ नेकपा (एस) का थापा विजयी

८ मंसिर २०७९ दैलेख । दैलेख–१ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा(एकीकृत समाजवादी) का अमरबहादुर थापा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनको मतपरिणाम अनुसार उहाँले १८ हजार दुई सय ५६ मतले विजयी हुनभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रवीद्रराज शर्माले १७ हजार चार सय सात मत प्राप्त गर्नुभयो ।

विसं २०७४ प्रदेशसभामा विजयी हुनुभएका थापाले यसपटक प्रतिनिधिसभा सदस्यमा विजय हुनुभएको हो । विसं २०७४ को निर्वाचनमा थापाले नेपाली कांग्रेसका जगजङ्ग थापालाई पराजित गर्नुभएको थियो ।

प्रतिनिधिसभा सदस्यमा ४० हजार तीन सय ८७ मत खसेको थियो । कूल मत मध्ये १६ सय ५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *