Main News

नवनिर्वाचित सांसद खतिवडा : सभासद् हुँदै सांसद

२०७९ मंसिर ८ गते ७:००
नवनिर्वाचित सांसद खतिवडा : सभासद् हुँदै सांसद

८ मंसिर २०७९ काठमाडौं । लोकतान्त्रिक–वाम गठबन्धनका साँझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका खतिवडाले ३३ हजार पाँच सय ५६ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का यज्ञराज सुनुवारले २६ हजार सात सय ३८ मत प्राप्त गर्नुभएको हो ।

विसं २०७४ मा भएको प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा यज्ञराज सुनुवारसँगै पराजित हुनुभएको थियो । त्यसअघि संविधानसभाको दोस्रो चुनावमा ओखलढुङ्गाको तत्कालीन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको थियो । उहाँ विसं २०७४ को संसदीय निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनसँग पराजित हुनुभएको थियो । ओखलढुङ्गा–१ मा कांग्रेसबाट उम्मेदवार बनेका खतिवडालाई एमालेका यज्ञराज सुनुवारले पराजित गर्नुभएको थियो । तत्कालीन निर्वाचनमा सुनुवारले ३२ हजार पाँच सय ८० मत ल्याउँदा खतिवडाले २७ हजार तीन सय २७ मत पाएर पराजित हुनुभएको थियो ।

अविवाहित नेता खतिवडा युवा पुस्तामा लोकप्रिय हुनुहुन्छ । बुबा जीवनाथ खतिवडा र आमा हेमकुमारी खतिवडाको जेठो सन्तानका रुपमा रामहरि खतिवडा खतिवडा २०२६ साल पुस २४ गते जन्मनु भएको हो । पाँच दाजुभाई र एक बहिनी मध्येका जेठा खतिवडा अविवाहित हुनुहुन्छ ।मानेभन्ज्याङ गाउँपालिका ६ थाक्ले स्थायी ठेगाना रहनुभएका दोस्रो संविधानसभामा (प्रत्यक्ष)बाट निर्वाचित हुनुभएको थियो । २०४१ सालमा राजनीतिमा आवद्ध हुनुभएका खतिवडा पटक–पटक गरी १ वर्ष छ महिना बन्दी जीवन बिताउनुभएको छ ।

प्रखर वक्ता खतिवडा आफ्नो पार्टी कांग्रेसभित्र पनि लोकप्रिय मानिनुहुन्छ । उहाँ राजनीतिमा आउनु अघि शिक्षण पेशामा हुनुहुन्थ्यो । २०४५ सालमा उदयपुरको कटारीमा भएको पार्टी अधिवेसनबाट पहिलोपटक जिल्ला कार्य समिति चयन हुनुभएको थियो । त्यसयताका महाअधिवेसनहरुमा खतिवडा सात पटकसम्म महाधिवेसन प्रतिनिधि रहीसक्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *