Main News

दार्चुलाबाट मन्त्री बडू प्रतिनिधिसभा सदस्यमा विजयी

२०७९ मंसिर ७ गते २१:३४
दार्चुलाबाट मन्त्री बडू प्रतिनिधिसभा सदस्यमा विजयी

७ मंसिर २०७९ खलंगा । एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

उहाँ २३ वर्षपछि प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा विजयी बन्नुभएको हो ।

बडूले २८ हजार पाँच सय १५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का गणेशसिंह ठगुन्ना २६ हजार तीन सय ८१ मत ल्याएर पराजित हुनुभयो । मुख्य निर्वाचन अधिकृत खेमराज भट्टका अनुसार ८९ हजार एक सय ५४ मतदाता रहेको दार्चुलामा ५८ हजार ५८ मत खसेको थियो ।

मन्त्री बडू एमालेका ठगुन्नाभन्दा दुई हजार एक सय ३४ मत बढी ल्याएर विजयी हुनुभएको हो । पराजित ठगुन्ना यसअघि २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो ।

यस्तै दार्चुलामा प्रदेशसभा (१) मा सत्ता गठबन्धनबाट कांग्रेसका विक्रमसिंह धामी र प्रदेशसभा (२) मा सत्ता गठबन्धनकै माओवादी केन्द्रका मानबहादुर धामी विजयी हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *