Main News

चितवनमा ढकाल, पोख्रेल र पाण्डेको अग्रता कायमै, तेस्रो स्थानमै रवि

हिमालय टिभी
२०७९ मंसिर ६ गते १३:३४
चितवनमा ढकाल, पोख्रेल र पाण्डेको अग्रता कायमै, तेस्रो स्थानमै रवि

६ मंसिर २०७९ चितवन । जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहनुभएको छ ।

उहाँले छ हजार ७६ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले पाँच हजार ८० मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले चार हजार पाँच सय २३ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता रहेकामा ६८ दशमलव७३ प्रतिशत मत खसेको छ ।

यस्तै क्षेत्र नं २ मा नेकपा (एमाले)का कृष्णभक्त पोख्रेलले अग्रता कायम राख्नुभएको छ । नौ हजार पाँच सय ८० मत गणना हुँदा उहाँले तीन हजार तीन सय ३९ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले दुई हजार आठ सय ५६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुई हजार सात सय ९२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेकामा ६७दशमलव तीन प्रतिशत मत खसेको छ ।

क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम गर्नुभएको छ । उहाँले तीन हजार छ सय २३ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका डा भोजराज अधिकारीले तीन हजार दुई सय ८२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले तीन हजार दुई सय ७४ मत प्राप्त गर्नुभएको छ, भने स्वातन्त्र उम्मेदवार दिनेश कोइरालाले दुई हजार सात सय ६६ मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रमा हालसम्म १३ हजार आठ सय ८२ मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नं ३ मा ६५दशमलव४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *