Main News

मकवानपुरमा कांग्रेसकी डिना अघि, पछ्याउँदै कमल थापा

२०७९ मंसिर ६ गते १३:२०
मकवानपुरमा कांग्रेसकी डिना अघि, पछ्याउँदै कमल थापा

६ मंसिर २०७९ मकवानपुर । मकवानपुर जिल्लाको प्रतिनिधि सभासदस्यका लागि क्षेत्र नं १ मा ११०४६ मत गन्दा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले पाँच हजार दुई सय ४७ मत ल्याएर अग्रता लिनुभएको छ ।

दोस्रो स्थानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन हजार छ सय ९५ मत ल्याउनुभएको छ भने राप्रपाका दीपकबहादुर सिंहले १०१० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी क्षेत्र नं २ मा आठ हजार सात सय ९६ मत गणना हुँदा नेकपा एमालेका महेश बर्तौलाले चार हजार आठ सय ५४ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।

दोस्रो स्थानमा पाँच दलीय गठबन्धनका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले चार हजार चार सय ४३ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका भरत प्रसाद पराजुलीले ११८७ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *