Main News

रुपन्देही–३ मा खाणलाई पछि पारे बोहोराले

२०७९ मंसिर ६ गते १२:४५
रुपन्देही–३ मा  खाणलाई पछि पारे बोहोराले

६ मंसिर २०७९ रुपन्देही । रुपन्देही क्षेत्र नं ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पछि पार्र्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले अग्रता लिनुभएको छ ।

सहायक निर्वाचन अधिकृत शोभाखर खरेलका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ १० हजार ६ सय ४० मत गणना हुँदा गृहमन्त्री खाण दुई सय ५२ मतले पछाडि हुनुहुन्छ । राप्रपाका उम्मेदवार बोहरा चार हजार एक सय ७० मतका साथ अगाडि हुनुहुन्छ भने सत्ता गठबन्धनका उम्मेदवार खाण तीन हजार नौ सय १९ मत प्राप्त गरी दोस्रो स्थानमा हुनुहुन्छ ।

प्रदेशसभातर्फ ३ (१) को मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे तीन हजार ६७ मतका साथ अग्रता लिनुभएको भने जनता समाजवादी पार्टीका महेन्द्र यादव दुई हजार एक सय २८ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

यो क्षेत्रमा अहिलेसम्म छ सय १३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कूल एक लाख ३२ हजार सात सय ९१ मतदाता रहेको यस क्षेत्रमा एक सय ४८ मतदान केन्द्रबाट ९२ हजार नौ सय ७२ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *