Main News

काठमाडौँ-४ मा गगन २ हजार ७११ मतान्तरले अघि

२०७९ मंसिर ६ गते ७:१५
काठमाडौँ-४ मा गगन २ हजार ७११ मतान्तरले अघि

६ मंसिर २०७९ काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार गगन कुमार थापाले सुरुवाती अग्रतालाई कायम राख्नुभएको छ ।

बुढानिलकण्ठ नगरपालिका अन्तर्गतका ८ वटा वडाहरुको राति १२ बजेसम्मको मतगणनामा थापाले २ हजार सात सय ११ मतले अग्रता लिनुभएको हो । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार २५ हजार नौ सय ६३ मतगणना हुँदा थापाले ११ हजार नौ सय ८८ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार डा राजन भट्टरार्ईले नौ हजार दुई सय ७७ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी राप्रपा उम्मेदवार डा ठाकुर मोहन श्रेष्ठले एक हजार ४३९ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रसाईले एक हजार १११ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेशसभा २ तर्फको बुढानीलकण्ठ नगरपालिकाका वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन् । यस क्षेत्रको प्रतिनिधिसभा सदस्य पदको मतगणना सकिएको छ ।

अहिले प्रदेशसभा १ अन्तर्गतका काठमाडौँ महानगरपालिका अन्तर्गतका वडा नम्बर १, ७, ८ र ३० को गणना सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *