Main News

काठमाडौँ १ मा ११४ मतले मिश्र अगाडि

२०७९ मंसिर ५ गते १६:५६
काठमाडौँ १ मा  ११४ मतले मिश्र अगाडि

५ मंसिर २०७९ काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का रबिन्द्र मिश्रले अग्रता लिनुभएको छ ।

राप्रपाका मिश्रले दुई हजार ४१७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । उहाँलाई पछ्याउँदै नेपाली कांग्रेसका प्रकाशमान सिंहले दुई हजार ३०३ मत पाउनुभएको छ ।

नेकपा ९एमाले० का किरण पौडेलले एक हजार ४४१, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का पुकार बमले एक हजार ३६७ र राष्ट्रिय सुशासन पार्टीका रमेश खरेलले एक हजार ६६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो क्षेत्रबाट प्रतिनिधिसभामा ३२ जना उम्मेद्वार प्रतिस्पर्धामा हुनुहुन्छ । जसमा २१ जना विभिन्न राजनीतिक दलबाट र ११ जना स्वतन्त्र उम्मेद्वार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसमध्ये १० जना महिला उम्मेद्वार हुनुहुन्छ । यो क्षेत्रमा कुल ५२ मतदान केन्द्रमा मतदान भएको थियो ।-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *