Main News

लुम्बिनी ४ मा लोसपालाई अग्रता

२०७९ मंसिर ५ गते १५:४८
लुम्बिनी ४ मा लोसपालाई अग्रता

५ मंसिर २०७९ लुम्बिनी । रूपन्देही क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अग्रता सुरू भएको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न क्षेत्रको मतपेटिकाबाट दुई हजार पाँच सय ४८ मत गणना हुँदा लोसपाका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले नौ सय ९४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार प्रमोदकुमार यादवले सात सय २३, जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले चार सय ९३ र जनता समाजवादी पार्टी (जसपा)का ओमप्रकाश यादवले ३१ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी क्षेत्र नं ४ (१) मा प्रदेशसभा सदस्य पदका लोसपाका कन्हैया बनियाले एक हजार एक सय नौ, नेपाली कांग्रेसका अष्टभुजा पाठक चार सय ८७ र जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल चार सय ९५ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं ४ (२) मा नेपाली कांग्रेसका बसीउद्दीन खाले आठ सय ३३, जनमत पार्टीका अर्जुन जयसवाल चार सय ८८ र लोसपाका मोहनलाल यादवले चार सय ५० मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *