Main News

गण्डकीमा एक सातामै दुई जना मन्त्री बर्खास्त

हिमालय टिभी
२०७९ कार्तिक २९ गते १७:०६
गण्डकीमा एक सातामै दुई जना मन्त्री बर्खास्त

२९ कात्तिक २०७९ कास्की । गण्डकी प्रदेश सरकारले एक हप्तामा दुई मन्त्रीलाई बर्खास्त गरेको छ ।

अघिल्लो हप्तामात्र ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री हरिशरण आचार्यलाई हटाएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्कालाई हटाउनुभएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको सहमति लिएर कांग्रेसबाट समानुपातिक सांसद बनि मन्त्री भएका खड्कालाई मुख्यमन्त्रीले हटाउनुभएको हो ।

मुख्यमन्त्री र कांग्रेस पार्टी तथा उमेदवारलाई असहयोग गरेको कारण खड्कालाई हटाइएको हो । खड्का कास्की २ (२) बाट उम्मेदवार बन्ने योजनामा हुनुहुन्थ्यो । तर कानूनमन्त्री विन्दुकुमार थापाले टिकट पाएपछि खड्काले आफ्नै पार्टीको चुनावी अभियानमा असहयोग गरेको भन्दै प्रधानमन्त्री देउवाकहाँ कुरा पुगेको थियो ।

मुख्यमन्त्रीले आचार्यलाई हटाउने बेलामा नै मन्त्री खड्कालाई पनि हटाउने तयारी थियो । तर, त्यतिबेला देउवाले निर्णय लिइ नसकेको कारण उहाँको मन्त्री पद जोगिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *