Main News

निर्वाचन बिथोल्नेमाथि खरो उत्रनुस् : प्रमुख निर्वाचन आयुक्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक २५ गते १७:३०
निर्वाचन बिथोल्नेमाथि खरो उत्रनुस् : प्रमुख निर्वाचन आयुक्त (भिडियो रिपोर्टसहित)

२५ कात्तिक २०७९ काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने तत्वविरुद्ध खरो उत्रन निर्वाचन अधिकृतलाई निर्देशन दिनुभएको छ ।

प्रमुख आयुक्त थपलियाले कानूनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिनु भएको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान गरिसकेको व्यक्ति पुनः मतदान गर्ने ठाउँमा आउँदा विभिन्न व्यवधान हुनसक्ने कुरालाई ध्यानमा राखि सुरक्षा निकायसँग समन्वय गरी त्यस्ता गतिविधि हुन नदिन पनि आग्रह गर्नुभयो ।

उहाँले निर्वाचन मतदान कार्यमा उम्मेदवारका प्रतिनिधि र उम्मेदवारहरुको पनि उत्तिकै महत्वपूर्ण भुमिका हुने भएकाले निर्वाचन कार्यलाई निष्पक्ष र स्वतन्त्र बनाउने कुरामा सहयोग हुने अपेक्षा गरेको बताउनु भयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले यो पटक ४ वटा छुट्टा छुट्टै मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था गरिएकाले मतदातालाई राम्रोसँग बुझाउन पनि निर्देशन दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *