राजनीति

दाङमा मात्रै २३ जना थारु उम्मेदवार चुनावी मैदानमा (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक २२ गते १७:४५
दाङमा मात्रै २३ जना थारु उम्मेदवार चुनावी मैदानमा (भिडियो रिपोर्टसहित)

२२ कात्तिक २०७९ दाङ । राजनीतिप्रति उति धेरै चासो नदिने थारू समुदाय अहिले भने राजनीतिक नेतृत्वका लागि पूरापूर अग्रसर बन्दै गएको छ । मंसिर ४ को निर्वाचनका लागि दाङमा २३ जना थारू उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ निर्वाचन क्षेत्र रहेको दाङमा ८९ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । त्यसमध्ये प्रतिनिधि सभामा ११ र प्रदेश सभामा १२ गरी २३ जना थारु समुदायका उम्मेद्‍वार छन् । थारु बाहुल्य क्षेत्र रहेको क्षेत्र नम्बर १ मा ५ जना प्रतिनिधिसभा र ५ जना प्रदेशसभा गरि १० जना थारू उम्मेदवार मैदान उत्रिएका छन ।

सत्ता गठबन्धनबाट सहरी विकासमन्त्रीमन्त्री समेत रहेका एकीकृत समाजवादीका मेटमणि चौधरी, एमालेकी शान्ता चौधरी, एमालेबाट टिकट नपाएपछि हाम्रो नेपाली पार्टीबाट गंगा चौधरी, संघीय लोकतान्त्रिक मञ्च थरूहटबाट रुक्मिणी चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । यो क्षेत्रमा प्रतिनिधिसभामा जसले जिते पनि थारु समुदायको उम्मेद्‍वारले नै जित हासिल गर्नेछ ।

गठबन्धनबाट माओवादी केन्द्रका लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट दामोदर चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट रञ्जित चौधरी प्रदेशसभा सदस्यका लागि दाङ १ क मा उम्मेदवार हुनुभएको छ ।

दाङ क्षेत्र नम्बर १ ख मा नागरिक उन्मुक्ति पार्टीका भक्तिराम चौधरी, मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट टीकलाल चौधरीले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनुभएको छ । दाङको क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा २ र प्रदेशसभामा ३ जना गरि ५ जना थारु समुदायका उम्मेदवार चुनावी मैदानमा छन् ।

दाङ दाङ क्षेत्र नम्बर ३ मा ७ जना थारू उम्मेदवार छन् । यीमध्ये ३ जना प्रतिनिधिसभातर्फका छन् भने ४ जना प्रदेशसभाका लागि उम्मेदवार बनेका छन् । दाङ क्षेत्र नम्बर ३ का मा गठबन्धनबाट नेपाली कांग्रेसका लुम्बिनि प्रदेशका सहरी बिकासमन्त्री डिल्लीबहादुर चौधरी दाङ ३ ‘क’ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार हुनुभएको छ ।

थारु समुदायको यो उम्मेदवारी पहिचानको नारा बोकेको तत्कालीन थरूहठ आन्दोलनको प्रभावका रूपमा पनि लिइएको छ । थरूहठ आन्दोलनका सुरुवातीकर्ता अहिलेका कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरी प्रतिनिधिसभाको समानुपातिक सूचीमा समावेश हुनुहुन्छ ।

२००९ सालमा नेपाली कांग्रेस दाङ जिल्ला सभापति भएका पर्शुनारायण चौधरीलाई बिपि कोइरालाले २०१५ सालमा शिक्षामन्त्रि, २०३३ सालमा पार्टीको महामन्त्री बनाउनु भएको थियो । चौधरी ३ पटकमन्त्री र पार्टीको पनि महामन्त्री भएपछि दाङका थारु समुदायलाई नेतृत्वको दौडमा निस्कन सहज विज्ञको बुझाइ छ ।

गत स्थानीय निर्वाचनमा दाङमा २ पालिका प्रमुख, ३ उपप्रमुख, २१ वडाध्यक्ष र ८४ सदस्य थारु जनप्रतिनिधि निर्वाचित भएका छन । २०७४ सालमा चुनाव जितेका थारु समुदायबाटै लुम्बिनी प्रदेशमा २ मन्त्री, संघीय सरकारमा १ जना मन्त्री र ४ जना संघीय सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्