Main News
प्रधानमन्त्रीमा कांंग्रेस महामन्त्री गगन थापाको दाबी (भिडियो रिपोर्टसहित)
२०७९ कार्तिक २२ गते १७:२९
२२ कात्तिक २०७९ काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ का प्रनितिधिसभाका उम्मेदवार गगन थापाले प्रधानमन्त्रीमा आफ्नो दाबी रहने बताउनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले हिमालय टेलिभिजनसँगको कुराकानीमा कसैले पनि प्रधानमन्त्रीमा दाबी नगरेकाले अब आफ्नो दाबी रहने बताउनुभयो ।
उहाँले प्रधानमन्त्री बने पछि आफूले गर्ने कामको योजना समेत बनाइ सकेको जानकारी दिनुभयो ।
मंसिर ४ गतेको निर्वाचनमा विजयी भएर पार्टी संसदीय दलको नेता चयन हुने थापाको दाबी छ ।
प्रतिक्रिया