Main News

प्रचण्डविरूद्ध भोट मागेपछि गण्डकीका ऊर्जामन्त्री आचार्य पदबाट बर्खास्त

हिमालय टिभी
२०७९ कार्तिक २२ गते १६:१७
प्रचण्डविरूद्ध भोट मागेपछि गण्डकीका ऊर्जामन्त्री आचार्य पदबाट बर्खास्त

२२ कात्तिक २०७९ कास्की । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाउनुभएको छ ।

गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि मन्त्री हटाउन लागिएको हो ।

मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाले आचार्यलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाइएको जानकारी दिनुभयो । आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित हुनुभएको थियो ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा रहेका आचार्य ४ मंसिरको प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (क) बाट उम्मेदवारको आकांक्षी हुनुहुन्थ्यो । तर नेपाल समाजवादी पार्टीबाट फणिन्द्र देवकोटा प्रदेशसभा सदस्य उम्मेदवार भएपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । तर पछि आचार्यले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

गण्डकीमा एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पुर्‍याउन नसकेर सरकार ढलेपछि कांग्रेस नेतृत्वमा सरकार बन्दा तत्कालिन जसपाबाट आचार्यले पनि मन्त्री बन्ने मौका पाउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *