Main News

संयमित भएर काम गर्न आयोगलाई पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक २१ गते १७:५१
संयमित भएर काम गर्न आयोगलाई पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको सुझाव (भिडियो रिपोर्टसहित)

२१ कात्तिक २०७९ काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले संयमित भएर काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

ललितपुरमा आयोजित निर्वाचन आयोगको अभिभारा विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले आफ्नो कारणले निर्वाचनको वातावरण भत्किन नपाओस् भनेर आयोगले गहिरोसँग विचार गर्नुपर्नेमा जोड दिनुभयो ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले आयोगको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले शीर्ष नेताहरु उम्मेदवार भएको जिल्ला बढि संवेदनशील हुने गरेको उल्लेख गर्दै त्यसमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन ध्यान दिनुपर्ने स्मरण गराउनु भयो ।

पूर्वकार्यबहाक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले मतगणनामा गडबढी हुन नदिन निर्वाचन आयोग गम्भिर बन्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले सबै निर्वाचनमा मतगणनाको विषय जटिल हुने उल्लेख गर्दै त्यसो हुन नदिन आयोगले बेलैमा योजना बनाउनुपर्ने बताउनु भयो ।

गुरुङले निर्वाचन आयोगले निर्वाचनको ब्यालेट बक्सको सुरक्षामा पनि चनाखो हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *