Main News

तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्चमा आयोग

हिमालय टिभी
२०७९ कार्तिक १८ गते १८:१५
तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्चमा आयोग

१८ कात्तिक २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर(३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले निवेदन दिएको छ।

निवेदनमा निर्वाचन आयोगले यसअघि जारी भएको अन्तरिम आदेश बदर गर्दै यसअघि आयोगबाट खारेज गर्ने निर्णय सदर हुनुपर्ने जिकिर गरिएको छ। सर्वोच्च अलातका प्रवक्ता विमल पौडेलले निर्वाचन आयोगबाट आज भ्याकेटको निवेदन ढिलो गरी आएकाले आइतबारमात्र दर्ता हुने जानकारी दिनुभयो ।

आइतबार दर्ता भएमा निवेदनको सोमबारमात्र पेशी चढ्ने छ। कात्तिक १५ गते सर्वोच्चले तोसिमाको उम्मेदवारी खारेजी गर्ने निर्णय मुद्दाको किनारा नलागेसम्म कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो। न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *