Main News

एमालेको चुनावी अभियान आजदेखि

हिमालय टिभी
२०७९ कार्तिक १८ गते ९:४०
एमालेको चुनावी अभियान आजदेखि

१८ कात्तिक २०७९ काठमाडौं । नेकपा एमालेले आजदेखि देशव्यापी चुनावी अभियान शुरु गर्दैछ ।

एमालेले चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट शुरु गर्न लागेको हो । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलङ्गामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अभियानको शुभारम्भ गर्ने एमालेले जनाएको छ ।

अभियानको शुरुवात गर्न हिजो ओली धनगढी पुग्नुभएको छ । उहाँ आज बिहान ११ बजे हेलिकोप्टरमार्फत दार्चुला जाने कार्यतालिका छ ।

अध्यक्ष ओलीले आज नै बैतडीको पाटन र कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने तय भएको एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *