Main News

आजदेखि मतदाता शिक्षा कार्यक्रम शुरु हुँदै

हिमालय टिभी
२०७९ कार्तिक १८ गते ९:२८
आजदेखि मतदाता शिक्षा कार्यक्रम शुरु हुँदै

१८ कात्तिक २०६९ काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आजदेखि मतदाता शिक्षा शुरु हुँदैछ ।

देशभरका ६ हजार ७ सय ४३ वडामा कार्यक्रम सञ्चालन गर्न हरेक वडामा स्वयंसेविका परिचालन गरिँदैछ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाता शिक्षाका लागि करिव ५० करोड रुपैयाँ खर्च हुने जानकारी दिनुभयो ।

चुनावमा मतदातालाई सक्रिय सहभागी गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम शुरु गरेको हो ।

एक जना स्वयंसेविकाले १५ जनाको समूहमा दुईवटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेलगायत विषयमा जानकारी दिने आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *