Main News

पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ कार्तिक १६ गते ८:५३
पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

१६ कात्तिक २०७९ काठमाडौं । आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागहरूमा आंशिक बदली रही एकदुई ठाउँमा पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहनेछ । यस्तै राति प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *