Main News

मतदाता शिक्षा कार्यक्रम कात्तिक १८ देखि शुरु गरिने

हिमालय टिभी
२०७९ कार्तिक १४ गते ९:५७
मतदाता शिक्षा कार्यक्रम कात्तिक १८ देखि शुरु गरिने

१४ कात्तिक २०७९ काठमाडौं । यही कात्तिक १८ गतेदेखि मुलुकभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ ।

स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

आगामी मङ्सिर ४ को निर्वाचनमा मतदाताको सहभागिता बढाउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम शुरु गर्न लागेको उहाँको भनाइ छ ।

आयोगले मतदाता शिक्षा कार्यक्रम एक करोड ८० लाख मतदातासम्म पु-याउन प्रत्येक वडामा एक जना स्वयंसेवक परिचालन गर्न लागेको सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

मतदान गर्ने तरिका, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेलगायत विषयमा स्वयंसेवकले जानकारी दिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *