राजनीति

कर्णालीका १६ नयाँ अनुहार, जस्ले पार्न सक्छन् परिणाम उलट-पुलट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक १४ गते ७:५५
कर्णालीका १६ नयाँ अनुहार, जस्ले पार्न सक्छन् परिणाम उलट-पुलट (भिडियो रिपोर्टसहित)

१४ कात्तिक २०७९ काठमाडौं । कर्णाली प्रदेशमा केही शीर्ष तहका नेतासहितले १६ नयाँ प्रतिस्पर्धीसँग चुनावी भिडन्त गर्दैछन् । प्रतिनिधिसभामा कुल १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा चुनावी परिणाम प्रभावित पार्न सक्ने नयाँ अनुहार र उनका प्रतिस्पर्धीबारे तयार पारिएको यो सामग्री हेरौं ।

कुल १२ निर्वाचन क्षेत्र रहेको कर्णलीमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित कांग्रेस, एमाले र माओवादीका प्रभावशाली नेतासहितका उम्मेदवार छन् ।

कर्णालीमा एमालेका ९, कांग्रेस, माओवादी र राप्रपाका दुई दुई जना नयाँ अनुहारले अवसर पाएका छन् । अधिकांश नयाँ अनुहारको भिडन्त औसत नेतासँग हुँदैछ । केन्द्रमा समृद्धिको गफ जतिनै गरेपनि बिकासमा पछि परेको कर्णालीबासीले प्रमुख तीन दलबाट उम्मेदवार बनेका नयाँ अनुहारसँग केही आशा राखेका छन् ।
हेरौं कुन दलबाट कुन क्षेत्रमा को(को छन् नयाँ अनुहार ।

यी हुन् एमालेका ९ नयाँ अनुहार
राजेन्द्रवीर राय, सल्यान

प्रतिस्पर्धीः प्रकाश ज्वाला, नेकपा एकीकृत समाजवादी
स्थानीय तहको मत परिणाम स् कांग्रेस ३३ हजार ६१६, माओवादी २६ हजार ७१३, एमाले २६ हजार ६२८, एकीकृत समाजवादी ९,४६७

गणेशबहादुर शाही, डोल्पा
प्रतिस्पर्धीः धनबहादुर बुढा, नेकपा एकीकृत समाजवादी
स्थानीय तहको मत परिणाम : माओवादी ४ हजार ८५५, एमाले ४ हजार ५४५, कांग्रेस ३ हजार ६९, एकीकृत समाजवादी १ हजार ३३४

राजबहादुर कार्की, मुगु
प्रतिस्पर्धीः ऐनबहादुर शाही ठकुरी, नेपाली कांग्रेस
स्थानीय तहको मत परिणाम : एमाले ९ हजार ८९४, कांग्रेस ८ हजार ९४९, माओवादी ३ हजार ८७६

रतननाथ योगी, जुम्ला
प्रतिस्पर्धीः गोमा कुँवर, नेकपा माओवादी केन्द्र र ज्ञानेन्द्र शाही, राप्रपा
स्थानीय तहको मत परिणाम स् कांग्रेस १६ हजार ७५, माओवादी १४ हजार १७५, एमाले ६ हजार ९६२, एकीकृत समाजवादी ६ हजार १९५, राप्रपा ५१४

नागेन्द्र शाही, कालिकोट
प्रतिस्पर्धीः महेन्द्रबहादुर शाही, नेकपा माओवादी केन्द्र
स्थानीय तहको मत परिणाम : माओवादी १८ हजार ३४७, कांग्रेस १२ हजार ८२०, एमाले १२ हजार ६१३

निरज आचार्य, जाजरकोट
प्रतिस्पर्धीः शक्तिबहादुर बस्नेत, नेकपा माओवादी केन्द्र
स्थानीय तहको मत परिणाम : एमाले २४ हजार ४, कांग्रेस २२ हजार ३४२, माओवादी १८ हजार ६२२

अमृतबहादुर बुढा क्षेत्री
सुर्खेत–२
प्रतिस्पर्धी स् हृदयराम थानी, नेपाली कांग्रेस
स्थानीय तहको मत परिणामः एमाले ३० हजार ४६९, कांग्रेस २९ हजार ५४०, माओवादी ११ हजार ६६१, राप्रपा ३ हजार ४९७

नन्दराम देवकोटा
रुकुमपश्चिम
प्रतिस्पर्धीः जनार्दन शर्मा, नेकपा माओवादी केन्द्र
स्थानीय तहको मत परिणामः माओवादी ३७ हजार १०२, कांग्रेस २६ हजार ६२०, एमाले ६ हजार १२४

कांग्रेसबाट दुई नयाँ अनुहार
दिक्पालकुमार शाही
दैलेख–२
प्रतिस्पर्धीः लक्ष्मीप्रसाद पोखरेल, नेकपा एमाले
स्थानीय तहको मत परिणामः एमाले २१ हजार ७६, कांग्रेस १९ हजार ७८६, माओवादी ५ हजार ७५५

ऐनबहादुर शाही ठकुरी, मुगु
प्रतिस्पर्धीः राजबहादुर कार्की, नेकपा एमाले
स्थानीय तहको मत परिणामः एमाले ९ हजार ८९४, कांग्रेस ८ हजार ९४९, माओवादी ३ हजार ८७६

माओवादीबाट दुई नयाँ अनुहार
गोमा कुँवर, जुम्ला
प्रतिस्पर्धीः रतननाथ योगी, नेकपा एमाले र ज्ञानेन्द्र शाही, राप्रपा
स्थानीय तहको मत परिणामः कांग्रेस १६ हजार ७५, माओवादी १४ हजार १७५, एमाले ६ हजार ९६२, एकीकृत समाजवादी ६ हजार १९५, राप्रपा ५१४

छिरिङ डम्पोल लामा, हुम्ला
प्रतिस्पर्धीः दल रावल, नेकपा एमाले
स्थानीय तहको मत परिणामः माओवादी ६ हजार ४९३, एमाले ६ हजार १४७, कांग्रेस ४ हजार ७६४

राप्रपाबाट पनि दुई नयाँ अनुहार
कुन्ती शाही, दैलेख–१

प्रतिस्पर्धीः रविन्द्र शर्मा, नेकपा एमाले र अमरबहादुर थापा, नेकपा एकीकृत समाजवादी
स्थानीय तहको मत परिणामः कांग्रेस २० हजार ३४४, एमाले १९ हजार ६१, एकीकृत समाजवादी ५ हजार५२९, माओवादी ३ हजार १७५, राप्रपा ९७६

ज्ञानबहादुर शाही, जुम्ला
प्रतिस्पर्धीः गोमा कुँवर, नेकपा माओवादी केन्द्र र रतननाथ योगी, नेकपा एमाले
स्थानीय तहको मत परिणाम : कांग्रेस १६ हजार ७५, माओवादी १४ हजार १७५, एमाले ६ हजार ९६२, एकीकृत समाजवादी ६ हजार १९५, राप्रपा ५१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्