Main News

इलाम निर्वाचन : झलनाथ खनाल र सुवास नेम्वाङलाई कति सहज ?

२०७९ कार्तिक ६ गते २१:४९
इलाम निर्वाचन : झलनाथ खनाल र सुवास नेम्वाङलाई कति सहज ?

६ कात्तिक २०७९ इलाम । लामो राजनीतिक यात्रा सँगै तय गरेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ पहिलो पटक इलाममा फरक दलबाट चुनावी परीक्षामा होमिँदैछन् ।

इलाम–१ बाट चुनाव लड्दै आएका खनाल यसपटक नेकपा ९एकीकृत समाजवादी०का तर्फबाट र नेम्वाङ इलाम–२ बाट चुनाव लड्दैछन् । यो पटक यसअघिका अधिकांश चुनाव सजिलो गणितको सहारामा लड्दै आएका दुबै हेभिवेट नेतालाई यो पटक त्यति सहज छैन ।

विगतका निर्वाचनमा एकै दल (नेकपा एमाले) बाट चुनाव लडेका सुबासचन्द्र नेम्वाङ र झलनाथ खनाल यस पटक भने फरक फरक दलबाट चुनावी मैदानमा छन् । खनाल निर्वाचन क्षेत्र नम्बर १ र नेम्वाङ क्षेत्र नम्बर २ बाट चुनाव लड्दैछन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका नेता खनाल काँग्रेस सहितको सत्ता गठबन्धनको समर्थनमा चुनावी मैदानमा छन् भने नेम्वाङ एमालेबाट एक्लै चुनावी मैदानमा छन् । खनालको प्रतिष्पर्धी पूर्व सहकर्मी एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत हुन् भने नेम्वाङले काँग्रेसका जिल्ला सभापति डम्बर खड्काको चुनौती झेल्नुपर्नेछ ।

अन्ततः राष्ट्रिय राजनीतिमा पहुँच राख्ने यी दुवै नेतालाई जित निकाल्न भने त्यति सहज भने पक्कै छैन । खनालले आफूसंग भिड्ने गतिलो उम्मेद्धार नभएर आफनो जित सुनिश्चित भएको दावी गरिरहेका छन् ।

तर नेता खनाललाई जित निकाल्न भने त्यति सहज छैन । एकातिर काँग्रेस नेता विक्रम पाण्डेको बागी उम्मेदवारले पनि खनाललाई असर पुग्ने आकलन छ । अर्कोतर्फ एमालेका उम्मेदवार महेश बस्नेत राजनीतिका खेलाडी नै मानिन्छन् । इलाम नगरपालिकाका पूर्व मेयर समेत रहेका बस्नेतको चुनौती खनाललाई भारी पर्ने अनुमान छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा पनि चुनावी भिडन्त निकै रोचक हुने अनुमान छ । नेम्वाङले आफनै पहलमा आफनो निर्वाचन क्षेत्रमा विकासले ठूलो फड्को मारेको र अधुरा रहेका कामलाई पूरा गर्नका लागि जनताले मत दिने दावी गर्छन् । तर, दुईवटै निर्वाचन क्षेत्र र चारवटै प्रदेश सभामा सत्ता गठबन्धनले जित हासिल गर्ने विपक्षी दलको दावी छ ।

प्रतिनिधि सभाको आउँदो चुनाव खनाल र नेम्वाङका लागि जिल्लामा आफ्नो प्रभाव तौलने अवसर हो । सहपाठी रहेका नेम्वाङ र खनाललाई यो प्रतिस्पर्धामा कति खरो उत्रेलान् रु त्यो समयले बताउला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *