Main News

डीभी भर्नेको भिडः स्टुडियो र साइबरवाला मालामाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक ६ गते २१:२३
डीभी भर्नेको भिडः स्टुडियो र साइबरवाला मालामाल (भिडियो रिपोर्टसहित)

६ कात्तिक २०७९ काठमाडौं । सन् २०२४ का लागि गत असोज १९ गते बुधबारदेखि अमेरिकाले इलेक्ट्रोनिक डाइभरसिटी भिषाको आवेदन खोलेसँगै अहिले देशैभर डीभी भर्नेको लहर चलेको छ ।

डीभी आफैले सहजरुपमा भर्न सकिने भए पनि फोटो स्टुडियो तथा साइबरहरुमा डीभी भर्नेको भीड देखिन्छ । यसरी भर्नेहरुको भाग्य चम्किन्छ चम्किँदैन तर भराउने स्टुडियो र साइबरहरुले भने दैनिक ठूलै आम्दानी गरिरहेका छन् ।

गत असोज १९ गतेदेखि अमेरिकाले इलेक्ट्रोनिक डाइभरसिटी भिषा कार्यक्रमका लागि आवेदन खोलेसँगै अहिले देशै भरका साइबर पसलहरुमा डीभी भर्नेहरुको घुँइचो छ । यो भीडभाड आगामी कार्तिकको २२ गते सम्म नै निरन्तर चलिरहने देखिन्छ । कतिपयले डीभी खुलेको समयमा यस्ता पसल नै खोलेर व्यापार गरिरहेका छन् ।

डीभी पारेर अमेरिका स्थानन्तरण हुने लालसामा बालबालिकादेखि वृद्धवृद्धासमेत साइबर पसलहरुमा जम्मा भएका देखिन्छन् ।

संघीय राजधानी काठमाडौंका प्रत्येक साइबरमा दैनिक ८ सय हाराहारीमा डीभी भर्नेहरु पुग्ने गरेका छन् । एक जनाको आवेदन भरेको २५० रुपैयाँ लिने गरेको पाइन्छ । कति कमाउँछन् त डीभी भरिदनेहरुले ?

आफैले भर्न सकिने डीभीका लागि किन यसरी लाइन लागेर पसलमा पुग्छन् त ग्राहकहरु ?

मुलुकमा रोजगारीको अभाव खेपिरहेकाहरु अमेरिका जान पाए सहज जिन्दगी चलाउन सकिन्छ भन्ने लोभमा डीभी भर्ने लाइनमा देखिन्छन् ।

डीभी भर्ने पसलहरुले आफ्नोबाट विगतमा डीभी भरेकाहरुले अमेरिका जाने अवसर पाएको भन्दै विज्ञापन गर्ने गरेका छन् । यो प्रलोभनका कारण पनि कतिपयले साइबरहरुमै पुगेर डीभी भर्ने गरेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *