Main News
जरिवाना नबुझाएका बन्दसूचीमा समावेश उम्मेदवारले आज पनि बुझाउन सक्ने
२०७९ कार्तिक ५ गते १०:०५
५ कात्तिक २०७९ काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारले आज पनि जरिवाना रकम बुझाउन सक्ने भएका छन् ।
प्रदेश, प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारलाई जरिवाना बुझाउन आजसम्मको समय दिइएको थियो ।
आज अन्तिम दिन सार्वजनिक बिदा परेपछि जरिवाना बुझाउन चाहनेलाई लक्षित गर्दै कार्यालय खुलाइएको हो । उम्मेदवारले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन सक्ने आयोगले जनाएको छ।
जरिवानावापतको रकम नबुझाउने उम्मेदवारहरूलाई प्रदेश, प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय आयोगले यसअघि नै गरिसकेको छ ।
प्रतिक्रिया