Main News

गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ कार्तिक ४ गते ९:१३
गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

४ कात्तिक २०७९ काठमाडौं । आज गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भोलि दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै पर्सि दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *